सामाजिक सञ्जालमार्फत पत्रकार धम्क्याउनेलाई कारबाहीको माग

 

मितिः २०७७।०५।२५


नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका सचिव सूर्यप्रसाद भुसाललाईअर्घाखाँचीको शीतगंगा नगरपालिका-३ निवासी महेन्द्र कुँवरले सामाजिक सञ्जालमार्फत धम्क्याएकोघटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

हाल काठमाडौं बस्दै आएका कुँवरले सचिव भुसालको नामै तोकेर जे पनिगर्न सक्ने भन्दै जिल्लाका अन्य पत्रकारलाई समेत तल्लो स्तरको घृणित शब्दको प्रयोगगरी सामाजिक सञ्जालमार्फत पोष्ट गरेर धम्क्याएका थिए ।

स्वतन्त्ररुपमा काम गर्ने पत्रकारलाई सामाजिक सञ्जालमार्फत तल्लोस्तरको घृणित शब्द प्रयोग गरी ठाडो चुनौती दिने निज कुँवरलाई कानुनी दायरामा ल्याउनर भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ।

रमेश विष्ट
महासचिव

 Download