समाचार संकलनका क्रममा प्रहरी उपरीक्षक द्वारा गरिएको दुव्र्यवहार र समाचार संकलनमा रोक लगाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७७।०६।१९

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका सम्वाददाता अवधेशकुमार झालाई समाचार संकलनका क्रममा प्रहरी उपरीक्षक राजेन्द्र धिमालद्वारा गरिएको दुव्र्यवहार र समाचार संकलनमा रोग लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पछिल्लो समय सप्तरीमा बलात्कार र महिला हिंसाको घटना वृद्धि भएसँगै यस्ता घटना रोकथाम तथा घटनामा संलग्नमाथि कानुनी कारबाहीको माग राख्दै आज सप्तरीका महिला अधिकारकर्मी र महिला जनप्रतिनिधिहरूद्वारा जिल्ला प्रहरी कार्यालयमा सप्तरीमा ‘डेलिगेसन’ गएका थिए । सोही विषयमा समाचार संकलनका लागि पुगेका केन्द्रीय सदस्य झालाई प्रहरी उपरीक्षक धिमालद्वारा अपमानपूर्ण ढंगबाट समाचार संकलनमा रोक लगाउँदै बाहिर निकालेका थिए । राज्यको सुरक्षाको जिम्मेवारी वहन गर्ने प्रहरीको जिम्मेवार अधिकारीबाट पत्रकारलाई यस किसिमले अपमान गर्दै समाचार संकलनमा रोग लगाएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ज्यादती र हस्तक्षेप हो । महासंघ प्रहरीको यो ज्यादती कडा शब्दमा भर्त्सना गर्दछ । र, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न तथा यस्ता घटना नदोहो¥याउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रमेश विष्ट

महासचिव

 Download