समाचार संकलनका क्रममा पत्रकारहरुमाथि भएको दुव्र्यवहार र सञ्चार सामग्री तथा सवारी साधनमा भएको तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति ः २०७७।०३।११ 

समाचार संकलनका क्रममा नुवाकोटमा पत्रकारहरुमाथि भएको दुव्र्यवहार र सञ्चार सामग्री र सवारी साधनमा भएको तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ नुवाकोट शाखाका अनुसार असार १० गते बुधवार नुवाकोटको तारकेश्वर गाउँपालिकाको गाउँसभामा समाचार संकलन गरिरहेका महासंघ नुवाकोट शाखाका कार्यसमिति सदस्य एवं टीभी त्रिसुलीका समाचार प्रमुख सुजित भण्डारीलाई उक्त गाउँपालिका वडा नं. १, ३ र ६ का वडा अध्यक्षहरु क्रमशः दयानिधि अधिकारी, सुर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङले दुव्र्यवहार गर्दै पत्रकार भण्डारीको हातबाट क्यामेरा खोसेर तोडफोड गरेका छन् भने त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ र मिक्स एफएम प्रमुख विष्णुप्रसाद अधिकारीलाई दुव्र्यवहार र आक्रमण प्रयास गर्दै पत्रकारद्वयको सवारी साधनमा समेत क्षति पु¥याएका छन् ।
नागरिकलाई सुसूचित गराउने पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि गाउँपालिकाका जिम्मेवार जनप्रतिनिधिहरुबाट कार्यक्रमा बोलाएर उल्टै समाचार संकलनमा रोक लगाउँदै दुव्र्यवहार, आक्रमण तथा तोडफोड गरिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । यो घटनाले स्थानीय निकायमा जनप्रतिनिधिहरुको गैरजिम्वारीपनको उजागर हुनुका साथै पत्रकारहरु उनीहरुबाट असुरक्षित रहेको थप प्रष्ट्याएको छ । महासंघ पत्रकारको स्वतन्त्रतामाथि प्रहार गरिएको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दछ । घटनामा संलग्नहरुमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन र स्वतन्त्र र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न एवं पत्रकारको सञ्चार सामग्रीमा पुगेको क्षतिको क्षतिपूर्ति दिलाउन महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।  

    रमेश विष्ट
    महासचिव
 

 Download