वेपत्ता अवस्थामा रहेका पत्रकार तेजबहादुर खड्काको निधनको पुष्टि भएको खवरले महासंघ स्तब्ध

मिति ः २०७७।०३।१७


२०७६ मंसिरमा भेटिएको कंगाल वेपत्ता अवस्थामा रहेका नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको रहेको पुष्टि भएको खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।
बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा २०७५ भदौ ९ गतेदेखि सम्पर्कविहीन रहेका पत्रकार खड्काको २०७६ मंसिरमा झोलासंगै पर्स र कंगाल भेटिएपछि नेपाल प्रहरीको केन्द्रीय बिधि बिज्ञान प्रयोगशालामा डिएनए परीक्षण गर्दा २०७७ असार १६ गते सो कंगाल पत्रकार खड्काको नै भएको प्रहरीले पुष्टि गरेको हो ।
नेपाल पत्रकार महासंघ स्वर्गीय खड्काप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, यस दुःखद् घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।
साथै, महासंघ पेशागत कर्म निर्वाहमा हिँडेका पत्रकार खड्का एक्कासि वेपत्ता हुनु र १५ महिनापछि कंगालसंगै फेला परेका सामग्रीहरू लामो समयपछि पनि दुरूस्तै देखिनुले घटना रहस्यमय हुनसक्ने भएकोले घटनाको गहिरो अनुसन्धान र सत्यतथ्य छानबिन गर्न तथा शोकमा रहेका पत्रकार खड्काका परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

    रमेश विष्ट
    महासचिव 
 

 Download