प्रकाशित समाचारको विषयलाई लिएर बीरेन्द्र मल्ललगायतले धम्क्याएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०७७।०५।१०

नेपाल पत्रकार महासंघ बेल्जियम शाखाकी कोषाध्यक्ष निलम सापकोटा घिमिरेलाई  प्रकाशित समाचारको विषयलाई लिएर बीरेन्द्र मल्ललगायतले धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालप्लस अनलाईनमा प्रकाशित ‘बेल्जियममा तीन दर्जनभन्दा बढी नेपालीमा कोरोनाः चार आइसीयुमा’ शीर्षक समाचारलाई लिएर पत्रकार सापकोटाको घरमै गएर निज मल्ललगायतले अमर्यादित तरिकाले धम्क्याएको महासंघ बेल्जियम शाखाले जानकारी गराएको छ । 

संप्रेषित समाचारप्रति चित्त नबुझे सम्बन्धित अनलाइनमार्फत खण्डन गर्न सकिने वा कानुनबमोजिम जान सक्ने प्रावधान हुँदाहँदै रातको समयमा पत्रकारको घरमै गएर अर्मादित तरिकाले धम्क्याएको यो घटना आफैंमा निन्दनीय र आपत्तिजनक छ । महासंघ प्रेसविरोधी यस्ता कार्य नदोहो¥याउन र प्रेसको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

 

 

                                                                                                                      

         रमेश विष्ट

        महासचिव

 Download