पत्रकारको सामाजिक र पेशागत प्रतिष्ठामा आघात पु¥याउने गरी सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन महासंघकाे माग

मितिः २०७७।०५।२२


नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष एवं एभिन्यूज टेलिभिजनका सम्वाददता राजेशचन्द्र राजभण्डारी, शाखा कार्यसमितिका सहसचिव एवं माउन्टेन टेलिभिजनका सम्वाददाता सुवास आचार्य र ई–बागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरेको व्यक्तिगत र पेशागत चरित्रमा आँच आउने गरी सामाजिक सञ्जालमार्फत पोष्ट गरिएको सामग्रीप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ बागलुङ शाखाका अनुसार भाद्र १८ र २१ गते बागलुङ नगरपालिका–४ कुँडुले फेँदी निवासी चन्द्रकान्त पौडेलले सामाजिक सञ्जाल (फेसबुक) मार्फत तस्वीरसहित पत्रकारत्रयलाई आफूले कारबाही गर्न अनुरोध गरेको र केन्द्रीय नेतृत्वले महासंघको सदस्यतासमेत नरहने गरी कारबाही गर्ने आश्वासन दिएको भनेर पोष्ट गरेका थिए ।

कुनै पनि बहानामा सामाजिक सञ्जालमार्फत झूठा र गलत सामग्रीहरु पोष्ट हुँदा व्यक्तिको सामाजिक र पेशागत प्रतिष्ठामा ठेस पुग्नुका साथै आत्म सम्मानमा समेत गहिरो चोट पुग्ने महासंघको ठहर छ । महासंघ पत्रकारको सामाजिक र पेशागत प्रतिष्ठामा आघात पु¥याउने र पत्रकारको अपमान हुनेगरी सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ ।

 

रमेश विष्ट
महासचिव

 Download