नेपाल पत्रकार महासंघ दाङ शाखाकाअध्यक्ष सविन प्रियासनलाई घोराही–१५ न्युरोड निवासी साजन भण्डारीलगायतका दुई तीन जनाकोसमुहमा रहेका युवाहरुले दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०७७।०२।३०


नेपाल पत्रकार महासंघ दाङ शाखाकाअध्यक्ष सविन प्रियासनलाई घोराही–१५ न्युरोड निवासी साजन भण्डारीलगायतका दुई तीन जनाकोसमुहमा रहेका युवाहरुले दुर्व्यवहार गर्दै उहाँको मोटरसाइकलको चावी खोसी हातपातसमेतगरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ दाङ शाखाका अनुसार जेठ२९ घोराही–१४ शहीद लखनपार्क नजिक स्थानीयले टिप्पर रोकेको सम्बन्धमा आयोजित पत्रकारसम्मेलनमा आइदिन आग्रह भएपछि त्यहाँ पुग्नु भएका अध्यक्ष प्रियासनलाई स्थानीय र टिप्परसञ्चालकबीच सहमति गराउन प्रयास गरिरहँदा निज भण्डारीलगायतका युवाहरुको समुहले दुर्व्यवहारगर्दै उहाँको मोटरसाइकलको चावी खोसी हातपातसमेत गरेका थिए । उक्त समुहले सामाजिक सञ्जालमाअध्यक्ष प्रियासनसहित सम्पूर्ण सञ्चारकर्मीको चरित्र हत्या गर्ने उद्देश्यले विभिन्नभिडियो राखेर चरित्र हत्या गर्ने प्रयाससमेत गरेका थिए ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणतीव्र रुपले बढिरहेको अवस्थामा बढ्दो जोखिमको ख्याल नगरी आफ्नो जिम्मेवारी वहन गरिरहेकापत्रकारमाथि यस किसिमले दुर्व्यवहार र हातपात हुनु प्रेस स्वतन्ता विरोधी काम हो ।महासंघ अध्यक्ष प्रियासनमाथि भएको दुर्व्यवहार र हातपातको कडा शब्दमा भर्त्सना गर्दछ। घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन तथा यस्ता अराजक गतिविधि नियन्त्रणमाकडा कदम चाली पत्रकारलाई सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन महासंघसम्बन्धित निकायसँग माग गर्दछ ।


रमेश विष्ट
महासचिव

 Download