सदस्यता नवीकरण सम्बन्धमा

 मिति : २०७४ फागुन २८ गते


श्री अध्यक्षजी
सबै जिल्ला शाखा÷प्रतिष्ठान शाखा÷एसोसिएट संस्था
नेपाल पत्रकार महासंघ


विषय : परिपत्र सम्बन्धमा ।

    नेपाल पत्रकार महासंघको २०७४ फागुन २१ र २२ गते जनकपुरधाममा सम्पन्न तेश्रो पूर्ण बैठकले नेपाल पत्रकार महासंघको सबै प्रदेशमा प्रादेशिक निर्वाचन २०७५ बैशाख २२ गते सम्पन्न गर्ने निर्णय गरेको जानकारी गराउँदै प्रदेश निर्वाचनका लागि २०७४ सालको सदस्यता नवीकरण अनिवार्य गरिएको हुँदा सबै जिल्ला शाखा÷प्रतिष्ठान शाखा र एसोसिएट संस्थाले २०७४ सालको सदस्यता नवीकरण यही चैत्र २५ गतेभित्र गर्नुहुन सूचित गरिन्छ । साथै, महासंघको नयाँ सदस्यता हाललाई बन्द गरिएको पनि जानकारी गराइन्छ ।

....................
    रमेश विष्ट
    महासचिव