भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी सडक निमार्ण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७७।०१।२८


भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करिव २२ किलोमिटर सडक निर्माण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 
दुई देशबीच सहमति र सन्धि भई सीमाको सिमाङ्कन भइसकेको अवस्थामा भारतद्वारा त्यसलाई नजरअन्दाज गरी एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु आफैंमा दुःखद् र खेदजनक कार्य हो । भारतको यो कदमले नेपालको सार्वभौमसत्तामा आघात पुग्नुका साथै दुई देशबीचको प्रगाढ सम्बन्धमा समेत खलल् पुग्ने खतरा बढेको महासंघको ठहर छ । महासंघ भारतद्वारा गरिएको यो अतिक्रमण तत्काल रोक्न र कूटनीतिक पहलद्वारा समस्या समाधान गरी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ । 

    रमेश विष्ट
    महासचिव

 Download