प्रकाशित समाचारको विषयलाई लिएर रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरेले स्पष्टीकरण लिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०७७।०९।१०

प्रकाशित समाचारको विषयलाई लिएर पश्चिम नेपाल डटकमका सम्पादक गोविन्द केसी र पत्रकार गणेश विशुलाई रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरेले स्पष्टीकरण लिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । नागरिक दैनिकमा २०७७ कात्तिक २८ गते ‘कर्मचारीको ढिलासुस्तीले सेवाग्राहीलाई समस्या’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर अनुसन्धान समिति गठन गरी पत्रकारद्वयसँग स्पष्टीकरण सोधिएको थियो । प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचारको बाटो खोजिनु पर्नेमा जिल्लाका जिम्मेवार अधिकारीबाट पत्रकारलाई यस किसिमले स्पष्टीकरण सोधिनु आफैंमा निन्दनीय र हास्यास्पद छ । महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका कार्य नदोहो¥याउन सम्बन्धित अधिकारीको ध्यानाकर्षण गराउँदछ ।

रमेश विष्ट

महासचिव

 Download