जातीय विभेदलाई लिएर पश्चिम रुकुममा केही व्यक्तिको ज्यानसमेत जानेगरी घटेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७७।०२।१५


जातीय विभेदलाई लिएर पश्चिम रुकुमकोचौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने गरी घटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिकव्यवस्था स्थापित भई जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्ने घोषणा भइसकेको अवस्थामा घटेको यो घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादती हुुनुका साथै मानवताविरुद्धको जघन्य अपराध हो । मानव सभ्यतालाई नै कलंकित बनाउने यस किसिमका घटनाले मुलुकमा विद्यमान कानुनी शासनको समेत धज्जी उडाउने र समाज कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्नसमेत खडागरेको महासंघको ठहर छ । महासंघ जातीय विभेद र छुवाछुतको विषयलाई लिएर घटेको यस घटनाकोनिष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षणगराउँदछ । सिङ्गो समाजलाई नै स्तब्ध बनाउने यस किसिमका आपराधिक घटना दोहोरिन नदिन महासंघ सरकारको गम्भीर ध्यानार्कषण गराउँदछ ।

साथै, सोही घटनाका विषयमा भ्रामक समाचार सामग्रीसंप्रेषण नर्गन र पत्रकार आचारसंहिताभित्र रहेर सत्यतथ्य समाचार सामग्रीमात्र संप्रेषण गर्न सञ्चारमाध्यम र युट्युव सञ्चालकहरुलाई महासंघ हार्दिक अपिल गर्दछ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई समेत सत्यतथ्यमा आधारित अभिव्यक्ति सम्प्रेषण गर्न महासंघ आग्रहगर्दछ ।

रमेश विष्ट
महासचिव

 Download