पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण


मिति : २०७७/९/२१


नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव तथा टिभी टुडे टेलिभिजनका कार्यक्रम सञ्चालक मोहन पन्त, महासंघका केन्द्रीय पार्षद तथा सञ्चार खबर डटकम अनलाइनका सम्पादक मानध्वज लामा र आजको नयाँ संश्लेषण मासिकका कार्यकारी सम्पादक शेरबहादुर विश्वकर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
पुस २० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पत्रकारहरु पन्त र लामालाई दिनभरी नियन्त्रणमा लिएर साँझ छोडेको छ भने विश्वकर्मा अहिले पनि हिरासतमा हुनुहुन्छ । महासंघ विश्वकर्माको रिहाइको माग गर्दछ । राज्यको जिम्मेवार निकायबाट नै पत्रकारलाई नियन्त्रणमा लिएर मानसिक पीडा दिने, पेशाप्रति हतोत्साही गर्ने कार्यको महासंघ घोर भत्सना गर्दछ । साथै, महासंघ यस घटनाको सत्यतथ्य छानविनगरी दोषिमाथि कडा कारबाहीको माग गर्दै पत्रकार तथा प्रेस स्वन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न र स्वतन्त्र पत्रकारिताको वातावरण सृजना गर्न सरकारसंग माग गर्दछ ।


रमेश विष्ट
महासचिव
 


 

 Download