बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार सम्बन्धी जरुरी सूचना 

 

नेपाल पत्रकार महासंघ र केन्द्रीय बालकल्याण समितिको सहकार्यमा बालअधिकार संरक्षण तथा सम्वद्र्धनको विषयमा रिपोर्टिङ्ग गर्ने पत्रकारलाई पुरस्कारद्वारा सम्मानित गरिने भएको छ ।   
यस अन्तर्गत रेडियो, टेलिभिजन, र पत्रपत्रिकामा रिपोर्टिङ्ग गर्ने पत्रकारलाई प्रत्येक माध्यमबाट उपत्यका र मोफसलबाट १/१ जना गरी जम्मा ६ जना तथा उपत्यका र मोफसलका रेडियो र टेलिभिजनका बाल कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम सञ्चालकमध्ये १/१ जना गरी २ जना समेत जम्मा ८ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशी प्रतिव्यक्ति रु २५,०००/- (पच्चीस हजार रुपैयाँ ) तथा प्रमाणपत्र रहने छ । यस पुरस्कारका लागि व्यक्तिगत विवरण र २०७५ बैशाख १ गते देखि २०७५ चैत्र मसान्तसम्म प्रकाशित/ प्रसारित ३ वटा सामाग्री सहितको आवेदन २०७६ जेष्ठ १५ गते भित्र महासंघको केन्द्रीय कार्यालयमा सञ्चारग्राम काठमाडाैंमा पेश गर्नुपर्ने छ । 
यससम्बन्धी जानकारी तथा आवेदन फारम केन्द्रीय बालकल्याण समितिको पोर्टल www.childrights.gov.np मा पनि रहेकाे छ । आवेदन र सामाग्रीहरु निम्न इमेल वा महासंघकाे ठेगानामा  पठाउन अनुरोध छ । 
नेपाल पत्रकार महासंघ
केन्द्रीय कार्यालय 
सञ्चारग्राम , तिलगंगा , काठमाडौं । 
इमेल : [email protected], फोन : ०१४११२७६३ 
 

 Download