पत्रकारिता क्षेत्रमा रहेका समस्या समाधान गर्न मन्त्रालय तयार : मन्त्री गुरुङ 

नेपाल पत्रकार महासंघले सञ्चार क्षेत्रमा रहेका नितिगत समस्या तथा पत्रकारले भोगिरहेका समस्याका बारेमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङ लाई अवगत गराएको छ ।  महासंघमा आज भएको अन्तरक्रिया कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री गुरुङले पत्रकारिता क्षेत्रमा रहेका समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले सञ्चार क्षेत्रसंग सम्बन्धित निति निर्माण गर्दा नेपाल पत्रकार महासंघ लगायत सरोकारवालासंग छलफल र सुझावका आधारमा निर्माण गरिने बताउनुभयो ।

Video Gallery View All
follow us on